आज ७ हजार ५ सयले घट्यो सुनको भाउ

आज ७ हजार ५ सयले घट्यो सुनको भाउ

काठमाडौँ ।  हिजो २ लाखको हाराहारीमा पुगेको सुनको भाउ आज भारी मात्रामा घटेको छ ।


हिजोको तुलनामा बुधबार सुनको भाउ तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो ।


मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


मंगलबार सुनको भाउ ६ हजार ९ सयले बढेर नयाँ रेकर्ड राखेको थियो ।
 

खबरपाटी
खबरपाटी