काठमाडौंको त्रिचन्द्र कलेजमा मध्यराती तालाबन्दी

काठमाडौंको त्रिचन्द्र कलेजमा मध्यराती तालाबन्दी

काठमाडौं । काठमाडौंको त्रिचन्द्र कलेजमा तालाबन्दी गरिएको छ। स्ववियु सभापतिका लागि उम्मेदवारी दिएका दुई समूहले मध्यरातमा तालाबन्दी गरेको हो ।

तालाबन्दी गर्नेमा नेविसंघबाट उम्मेदवारी दिएर खारेजी भएपछि स्वतन्त्र उम्मेदवार उठेका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विवेक बानियाँले तालाबन्दी गरेका हुन् ।

उनीहरुको समूहले मध्यरातमा निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् । एकल निर्णय गरेको उनीहरुको आरोप छ । उनीहरु दुबै जना पूर्व नेविसंघका हुन् ।

नेविसंघमा अन्तुष्टि जनाउँदै बानियाँले नयाँ  संघ दर्ता  गराएर उम्मेदवारी दिएका छन् ।  भने श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दिएको छ । नेविसंघले  स्ववियु अध्यक्षमा गोविन्द कोइरालालाई  उम्मेदवारी बनाएको छ ।

चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

खबरपाटी
खबरपाटी