युक्रेनलाई दिइने सबै सहयोग रोक्ने अमेरिकाको घोषणा, बाटोमा भएका सामान पनि फिर्ता हुने

युक्रेनलाई दिइने सबै सहयोग रोक्ने अमेरिकाको घोषणा, बाटोमा भएका सामान पनि फिर्ता हुने

काठमाडौं । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने घोषणा गरेको छ । युक्रेनका नेताहरूले शान्तिप्रति असल विश्वासको प्रतिबद्धता नदेखाएसम्म ह्यवाइट हाउसले सबै विद्यमान सैन्य सहायता रोकेको अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले जनाएको छ । 

ब्लूमबर्गले युक्रेनमा नपुगेका अमेरिकी सैन्य उपकरणलाई रोकिने बताएको छ । यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् ।

यसबारे हालसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन्।


तीन दिनअघि ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति  भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तनावपूर्ण भेटवार्ता भएको थियो । 


त्यसको तीन दिनपछि अमेरिकाले युक्रेनलाई दिइने सैन्य सहायता रोक्ने घोषणा गरेको हो ।

खबरपाटी
खबरपाटी