साढे ११ अर्बको कारोबारसहित साढे ११ अंकले बढ्यो नेप्से

साढे ११ अर्बको कारोबारसहित साढे ११ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)११.६६ अंकले बढेको छ । आज नेप्से ०.४२ प्रतिशतले बढेर २७५५.४० विन्दुमा पुगेको छ । 

आज नेप्से बढ्दा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर कारोबार भएको छ । 
आज नेप्से बढ्दा ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 


आज ३२८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ८ हजार ९१३ पटक शेयर कारोबार भएको छ । 

आज १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह ३।७२ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०।०२ प्रतिशतले बढेको छ । 


आज सबैभन्दा बढी ट्रेडिङ समूह १.३२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम फाइनास समूह ०.४५ प्रतिशतले घटेको छ ।

खबरपाटी
खबरपाटी