
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११।९१ अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशतले बढेर २७३९.८२ विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । १० अर्ब ४३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार १० अर्ब चार करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
८७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य घटेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था र इमेर्जिङ नेपालको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।
यसैबीच चाँदीको मूल्य मंगलबार स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार आज पनि त्यहि मूल्यमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।