सुन तोलामा ७ सयले बढ्यो, चाँदीको कति ?

सुन तोलामा ७ सयले बढ्यो, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार (आज) सुन तोलाको ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

यसैबीच चाँदीको मूल्य मंगलबार स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार आज पनि त्यहि मूल्यमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ । 

खबरपाटी
खबरपाटी