स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने

स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने

काठमाण्डौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ। जसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । यदि सो अवधिसम्म प्रयाप्त आवेदन जपरोन चैत ३ गतेसम्म आवेदन समय थपिने उल्लेख छ ।

संस्थाले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो।प्रतिकित्ता १०० रुपैयाँमा खरिद गर्न सकिने छ ।

एफपीओमा न्यूनतम १० देखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

खबरपाटी
खबरपाटी