सोमबार १०.९८ अंकले घट्यो नेप्से परिसूचक

सोमबार १०.९८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.९८ अकंले घटेर २६७७.३२  बिन्दुमा बन्द भएको छ ।

आज ६ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।


यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.२१ प्रतिशत, फाइनान्स समूहको १।२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१७ प्रतिशतले सेयरमूल्य घटेकोछ ।

  
आज सबैभन्दा धेरै एनआरएमको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो फाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

खबरपाटी
खबरपाटी