६९.८०अंकले बढ्यो नेप्से , १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार

६९.८०अंकले बढ्यो नेप्से , १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ६९.८०अंकले बढेको छ । आज २ दशमलव ६२ प्रतिशतले बढेर २७२७.५८ विन्दुमा बन्द भएको छ । 


कुल २०२ कम्पनीको सेयर मूल्य बढ्यो भने ३७ कम्पनीको मूल्य घट्यो । आज ३ कम्पनीको मूल्य स्थिर रह्यो ।


कुल १ लाख ३० हजार ९१३ पटकको सेयर किनबेचबाट १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । आज २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच भए । आज सबै उपसमूहहरू बढ्यो ।

खबरपाटी
खबरपाटी