नेप्सेको ओरालो यात्रा कायमै: १० अकंले बजार घट्दा फाइनान्स सेक्टरमा पहिरो

नेप्सेको ओरालो यात्रा कायमै: १० अकंले बजार घट्दा फाइनान्स सेक्टरमा पहिरो

काठमाडौं । सेयर बजारले ओरालो यात्राले निरन्तरता दिएको छ । गत साताको अन्तिम दिन घटेर बन्द भएको बजार यस साताको पहिलो दिन पनि घटेको छ  । आज नेप्से १०.४१ अकंले घटेर २६४३.९३ बिन्दुमा बन्द भएको छ ।

आज ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १२ करोडको सेयर कारोबार भएको छ ।


आज बैंकिङ समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको ४.७६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५० प्रतिशतले सेयरमूल्य घटेको छ । 

  
सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँको भएको छ।

खबरपाटी
खबरपाटी