अध्यादेशबारे एमालेले दियो सांसदहरूलाई प्रशिक्षण

अध्यादेशबारे एमालेले दियो सांसदहरूलाई प्रशिक्षण

काठमाडौं। नेकपा (एमाले) ले सरकारले ल्याएका अध्यादेशबारे आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बुधबार एमाले संसदीय दलले अध्यादेशबारे सांसदहरूलाई प्रशिक्षण दिएको हो।

‘अध्यादेशहरूबारे संसदीय दल र हाम्रा मन्त्रीहरूबीच छलफल राखिएको हो’, प्रमुख सचेतक महेश बर्तौलाले भने ।

अधिवक्ताहरू केदार कोइराला र राजेन्द्र घिमिरेले सांसदहरूलाई प्रशिक्षण दिएका हुन्। 

सरकारले गत साता ५ वटा अध्यादेश ल्याएको थियो।

सुशासन प्रवर्द्धनसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसँग सम्बन्धित, निजीकरण, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसँग सम्बन्धित र भूमिसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरेका थिए।

संसदको आगामी पुस १८ गतेबाट सुरू हुने हिउँदे अधिवेशनमा अध्यादेशबारे विरोध हुन सक्ने देखेर एमालेले सांसदहरूलाई प्रतिरक्षाका लागि तयारी गर्न लागेको हो।

खबरपाटी
खबरपाटी