प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मन्त्रालयमा बुझाए नौ बुँदे स्पष्टीकरण

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मन्त्रालयमा बुझाए नौ बुँदे स्पष्टीकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन्।


ऊर्जा मन्त्रालयले ७ दिनभित्र बुझाउनेगरी ९ बुँदे स्पष्टीकरण सोधेकोमा जवाफ दिएका हुन्।


ऊर्जा मन्त्रालयले कार्यसम्पादन नबुझाएको, सरकारी निकायमा बसेर नोट अफ डिसेन्ट लेखेको लगायतका आरोप लगाउँदै किन नहटाउने भनी स्पष्टीकरण सोधेको थियो।


ऊर्जा मन्त्रालयका एक अधिकारीले कुलमानले आइतबार स्पष्टीकरणको जवाफ फर्काएको बताएका छन्।कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा उच्च अकं प्राप्त गरेको र ४ वर्षकालागि नियुक्त भएकाले सरकारले हटाउन नमिल्ने बताएका छन्।


 

खबरपाटी
खबरपाटी