बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार रु

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो । 


आज सुन १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

 
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

खबरपाटी
खबरपाटी