बालुवाटार जग्गा प्रकरणः ओलीको इसारामा विष्णु पौडेलका छोरालाई मुद्दा नचलाउने निर्णय भएको रावलको आरोप

बालुवाटार जग्गा प्रकरणः ओलीको इसारामा विष्णु पौडेलका छोरालाई मुद्दा नचलाउने निर्णय भएको रावलको आरोप

काठमाडौं। नेकपा (एमाले) बाट निष्काशित नेता डा।भीम रावलले बालुवाटार जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई केपी शर्मा ओलीको इसारामा उन्मुक्ति दिइएको आरोप लगाएका छन् । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीको इसारामा जग्गा फिर्ता गरेकाले मुद्दा नचलाउने भनी निर्णय गरेको बताएका हुन् ।


ललिता निवास जग्गा प्रकरणमा विष्णुप्रसाद पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले अनियमित किसिमले प्राप्त गरेको जग्गा सरकारलाई फिर्ता गर्न मञ्जुर गरेकोले अख्यितार दुरुपयोग अनुसन्धान आयोगले निजहरुको नाममा मुद्दा दायर गर्न नमिल्ने भनी गरेको फैसला तपाईँकै इसारामा भएको होईन र ?

उनले आलीलाई ‘कसैले चोरी गरेको सामान फिर्ता गर्छु भन्दैमा निजलाई दण्ड सजाय नगर्ने कानुन छ र रु’ भन्दै प्रश्नसमेत गरे । ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेलामा जन्मदिन मनाउन ४ ओटा हेलिकोप्टर प्रयोग गरी विराटनगरमा तयारी खाना गृहजिल्लामा ओसार्न लगाएको, नेपालको नक्साको केक बनाएर कोटेर नव सामन्तको घोतक बनेको रावलको आरोप छ ।

खबरपाटी
खबरपाटी