बुधबार ५.१० अंकले बढ्यो नेप्से परिसूचक

बुधबार ५.१० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । लगातार दुई कारोबार दिन घटेको सेयर बजार परिसूचक (नेप्से)मा बुधबार एकल अंकको सुधार आएको छ । बुधबार ५.१० अंकले बढ्दै नेप्से २५८१.६० को बिन्दुमा उक्लिएको छ ।


यसअघि आइतबार २१.१२ अंकले घटेको नेप्से मंगलबार ३३.०८ अंकले घट्दै २५७६.५० को बिन्दुमा झरेको थियो । बुधबार लगातारको गिरावट थामिएपनि कारोबार रकममा भने भारी गिरावट आएको छ । बुधबार दुई महिना यताकै कम कारोबार भएको छ ।

बुधबार ९४ लाख ३४ हजार ९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँमा सीमित भयो । यसअघि असोज २९ मा ३ अर्ब २ करोड माथिको कारोबार भएको थियो । त्यसयता कारोबार रकम करिब निरन्तरजसो नै ५ अर्बमाथिको भइरहेको थियो ।

समग्र परिसूचकमा सुधार आउँदा बुधबार अधिकांश जसो समूहको सूचक बढ्यो । सबैभन्दा बढी फाइनान्सको सूचक ३.८७ प्रतिशतले बढ्दा सबैभन्दा बढी बैंकिङ समूहको सूचक ०.७२ प्रतिशतले घट्यो ।


बुधबार कारोबारमा आएका २४२ कम्पनीमध्ये १५० को मूल्य बढ्दा ८८ को मूल्य घट्यो । ४ को मूल्य स्थिर रह्यो ।

विशेषगरी बुधबारको कारोबार रकमले लगानीकर्ता सक्रिय नरहेको देखाउँछ । लगातार गिरावट चल्दै गर्दा केही लगानीकर्ता न्यूट्रल रहेको केही बाहिरिएको संकेत बजारले दिएको छ ।

यद्यपि, परिसूचकमा भएको बृद्धिले भने नेप्सेमा गिरावटको तह थामिएको संकेत गरेको छ ।

खबरपाटी
खबरपाटी