नेपालले फोर नेसन्स कप खेल्ने

नेपालले फोर नेसन्स कप खेल्ने

काठमाडौं । नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अर्को महिना नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने भएको हो ।

फोर नेसन्स कप फागुन ५ गतेदेखि १४ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारको सहभागिता रहनेछ ।

यी खेल फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागेको एन्फाले जनाएको छ ।

खबरपाटी
खबरपाटी