यती एअरलाइन्सले ल्यायो ‘यती ट्राभल कार्ड’ २५ हजारमा १० वटा टिकट

यती एअरलाइन्सले ल्यायो ‘यती ट्राभल कार्ड’ २५ हजारमा १० वटा टिकट

नयाँ वर्ष सन् २०२५ को अवसरमा निजी क्षेत्रको वायुसेवा प्रदायक यती एअरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ । ‘यती ट्राभल कार्ड’ अघि सार्दै यती एअरलाइन्सले यो योजना घोषणा गरेको हो । 
यस योजना अन्तर्गत, ग्राहकहरुले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन् । उक्त कार्डमार्फत् सदस्यले यती एअरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यती एअरलाइन्सले जनाएको छ । एअरलाइन्सका अनुसार टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुहरूलाई मात्र लागू गरिएको छ ।
यती एअरलाइन्सले धेरै यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकहरूलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो । 
उक्त योजनाबारे थप जानकारीका लागि यती एअरलाइन्सको आधिकारिक वेबसाइट www.yetiairlines.com हेर्न सकिन्छ । ट्राभल कार्ड लिनका लागि यो लिंक https://bit.ly/4gSyb7C मा क्लिक गरी आफ्नो विवरण रजिष्ट्रर गर्न सक्नुहुनेछ ।

खबरपाटी
खबरपाटी