मनोज ज्ञवाली नबिल बैंकको सिनियर डिसिइओमा बढुवा

मनोज ज्ञवाली नबिल बैंकको सिनियर डिसिइओमा बढुवा

काठमाडौं । नबिल बैंकका डिसिइओ मनोजकुमार ज्ञवाली सिनियर डिसिइओमा बढुवा भएका छन्।


बैंकको सञ्चालक समितिले गत बिहीबार गरेको निर्णय अनुसार आइतबार ज्ञवालीलाई बढुवाको पत्र दिइएको हो।

उनी नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। उनीसँगै अब बैंकमा दुई जना सिनियर डेपुटी सीइओ हुनेछन्।

सुजित शाक्य यसअघि सो बैंकमा सिनियर डेपुटी सीइओका रुपमा कार्यरत छन्।

खबरपाटी
खबरपाटी