सुन-चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुन-चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । 

योसँगै शुक्रबार सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबरपाटी
खबरपाटी