काठमाडौँ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको बताएका छन् । बुधबार बहान रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्रीसिंहले कोभिड पछिको धरायशी अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागि रहेको बताएका हन् ।
कोभिडपछिको अर्थतन्त्र उकास्न सरकारले काम गरिरहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित छु मन्त्री सिंले भने ुअर्थतन्त्र सुधार्न उच्च स्तरिय संयन्त्र बनाएका छौँ । अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ ।
त्यस्तै पुस लाग्दै गर्दा विकास खर्च समयमा गर्न के छ प्रगति भन्ने प्रश्नमा मन्त्री सिंहले बजेटमा परेका योजना कार्यन्वयनमा लैजान विधि र प्रक्रिया अलि समय लाग्ने बताए ।
बजेट पास भएपछि बजेटमा उल्लेखित विभिन्न योजना छ त्यसलाई कार्यन्वयनमा लैजान विभिन्न मन्त्रालयमा जान्छ । र, मन्त्रालयहरूबीचमा बजेटमा परेका योजना कार्यन्वयनमा लैजान विधि र प्रक्रिया अलि समय लाग्ने र डिपिआर तयार गर्नुपर्ने भएकाले सुरूका महिनामा अलि कम देखिन्छ । तर योजनाहरू कार्यान्वयन प्रोसेसमा जान्छ अनि खर्च पनि बढ्दै गएको देखिन्छु मन्त्री सिंहले भने ।