रास्वपाले उपसभापति डीपी अर्याललाई सुम्पीयो कार्यवाहक सभापति

रास्वपाले उपसभापति डीपी अर्याललाई सुम्पीयो कार्यवाहक सभापति

काठमाडौं । रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ ।

पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि दुईजना उपसभापति डा। स्वर्णिम वाग्ले र अर्यालमध्ये एकलाई बनाउने भनिएको थियो ।

तर सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएका रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

“जिम्मेवारी दिनका लागि रवि लामिछानेज्यूबाट सिफारिस गरिएको र सचिवालय बैठकले पारित गरेको हो,” झाले भने,“कास्की अदालत परिसरमा स्रेस्तेदारको उपस्थितिमै उहाँले सिफारिस गर्नुभयो र कानुनी प्रक्रिया मिलाएर उहाँ (अर्याल)लाई जिम्मेवारी दिइएको हो । बैठकमा पनि सर्वसम्मतिले पारित गरेको हो ।”

खबरपाटी
खबरपाटी