आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । तीन दिन लगातार घटेको मूल्य आज भने तोलामा एक हजार १०० रुपैयाँले बढेको हो ।
आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार सुनको कारोबार तोलामा एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३० रुपैयाँले बढेको हो ।
आज चाँदी तोलामा एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।