टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि ३ करोड ३५ लाखको बोलपत्र आह्वान

टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि ३ करोड ३५ लाखको बोलपत्र आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि शुक्रवार बोलपत्र आह्वान गरेको हो ।


प्यारापिट निर्माणका लागि १ करोड ६२ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि १ करोड ७३ लाख रुपैयाँ बजेट छुट्याइएको छ। बोलपत्र पेश गर्न २० देखि १० हजार रुपैयाँसम्म लाग्नेछ। इच्छुक संस्थाहरूले माघ ६ गते दिउँसो १२ः३० सम्म बोलपत्र पेश गर्न सक्नेछन् भने सोही दिन १ः३० बजे बोलपत्र खोलिने जनाइएको छ।

खबरपाटी
खबरपाटी