बिहीबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो ।

बुधबार १ लाख ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि मूल्य घटेको छ । बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले घटेर १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।   

खबरपाटी
खबरपाटी