विराटनगरले दियो चितवनलाई १८२ रनको लक्ष्य

विराटनगरले दियो चितवनलाई १८२ रनको लक्ष्य

काठमाडौं । विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको विराटनगरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो ।


विराटनगरका लागि बासिर अहमदले ६८ रन जोडे । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

ओपनर मार्टिन गप्टिलले ३५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए । राजेश पुलामीमगरले ३३ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे ।

चितवनका लागि रिजन ढकालले दुई तथा कप्तान कुशल मल्ल, सोहेल तानबिर र बासिल अहमदले एकरएक विकेट लिएका छन् ।

खबरपाटी
खबरपाटी