एसीसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्ने भएको छ । नेपाली समयअनुसार आज बिहान पौने ११ बजे नेपाल बंगलादेशविरुद्ध मैदानमा उत्रनेछ ।
जारी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलंका छन् । शुक्रबार श्रीलंकाको सामना गरेको नेपालले दोस्रो खेलमा आज बंगलादेशविरुद्ध मैदानमा उत्रन लागेको हो । नेपालले तेस्रो खेल १८ मंसिरमा अफगानिस्तानसँग खेल्ने छ ।
आफ्नो पहिलो खेलमा भने नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।
नेपाली टोलीको कप्तानमा हेमन्त धामी र उपकप्तानको अर्जुन कुमालले छन् । त्यस्तै टिममा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद र युनिस विक्रम सिंह ठकुरी रहेका छन् । नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडेल, अविषेक तिवारी र रन्जित कुमार टिममा रहेका छन् ।
शक्ति गौचन टिमको मुख्य प्रशिक्षक रहेका छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षक रहेका छन् ।