टेक्सस इन्टरनेशनल कलेजद्वारा शिक्षकहरूको क्षमता विकास कार्यक्रम सञ्चालन

टेक्सस इन्टरनेशनल कलेजद्वारा शिक्षकहरूको क्षमता विकास कार्यक्रम सञ्चालन

काठमाडौं, । टक्सस इन्टरनेशनल कलेजले आफ्ना शिक्षकहरूको क्षमता विकास गर्न एक विशेष कार्यक्रमको आयोजना गरेको छ । यो कार्यक्रम धुलिखेलको मिराबेल रिसोर्टमा मंसिर १५ र १६ गते सञ्चालन गरिएको थियो ।

यो कार्यक्रममा कलेजका ८० जना शिक्षकहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा शिक्षकहरूलाई पाठ्यक्रम विकास, विद्यार्थी संलग्नता, आइस ब्रेकिंग सेसनहरू, विद्यार्थी केन्द्रित गतिविधिहरू, मूल्याङ्कन विधिहरू, केस स्टडीहरू, टर्मिनल मूल्याङ्कन र अन्य धेरै विषयहरूमा तालिम प्रदान गरिएको थियो ।

अहिलेको परिवर्तित शिक्षा वातावरणलाई मध्यनजर गरेर विद्यार्थी सेन्ट्रिक कोर्सको विस्तृत जानकारी दिँदै क्षमता अभिविद्धि गर्न उक्त क्षमता विकास कार्यक्रम सञ्चाला गरिएको टेक्सस कलेजका आइटि डिपाट्रमेन्ट प्रमुख डा. सुमन थपलियाले बताएका छन् । विश्वबजारसँगै शिक्षाको वातावरण पनि उहिदरमा परिर्वतन भइरहेको दृष्टान्ट सुनाउँदै समय समयमा यस्तो क्षमता विकास कार्यक्रम भइरहनु पर्ने धारणा उनले व्यक्त गरेका थिए ।  

यो कार्यक्रमले शिक्षकहरूलाई आफ्नो पठनपाठनको क्षमता अभिवृद्धि गर्न र विद्यार्थीहरूलाई अझ प्रभावकारी शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
 

खबरपाटी
खबरपाटी