काठमाडौँ । सेयरबजार परिसूचक नेप्से आइतबार ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा रोकिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड ६७ लाख कित्ता सेयर बिक्री हुँदा ८ अर्ब ८३ करोडको कारोबार भएको छ। यसमध्ये ६३ वटा सेयरको मूल्य बढ्दा १७८ वटाको घटेको र ३ वटाको अघिल्लो मूल्यमै कारोबार भएको पनि नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।
विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्समा भने नकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स, उपकार लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसनलगायतको सेयर भने घटेको छ।
सर्वाधिक कारोबारमा आइतबार एक्सेल डेभलपमेन्ट बैंक छ। कम्पनीको ३४ करोडको
कारोबार भएको हो। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड, नेपाल फाइनान्सको २८ करोड, मितेरी डेभलपमेन्ट बैंकको २७ करोड र ङादी ग्रुप पावरको २४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।