महाराष्ट्रमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु

महाराष्ट्रमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

राज्यको गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे राज्य सरकारद्वारा सञ्चालित बस मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो । बसमा करिब ३५ यात्रु सवार थिए । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

खबरपाटी
खबरपाटी