ट्रम्पद्वारा सेवानिवृत्त लेफ्टिनेन्ट जनरललाई युक्रेन र रुसका लागि विशेष दूत नियुक्त गर्ने घोषणा

ट्रम्पद्वारा सेवानिवृत्त लेफ्टिनेन्ट जनरललाई युक्रेन र रुसका लागि विशेष दूत नियुक्त गर्ने घोषणा

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार र सेवानिवृत्त लेफ्टिनेन्ट जनरल किथ केलोगलाई रुस(युक्रेन मामिलाका लागि विशेष दूत नियुक्त गर्ने घोषणा गरेका छन्।

केलोगले युक्रेनमा युद्ध अन्त्य गर्न वार्तामा मुख्य भूमिका खेल्ने सम्भावना छ। ट्रम्पले पदभार सम्हालेकै दिनमै यो युद्ध अन्त्य गर्ने वाचा गरेका थिए, यद्यपि उनले यस सम्बन्धमा थप जानकारी दिएका छैनन्।

केलोग रुस र युक्रेनसँग युद्ध अन्त्य गर्न वार्ता हुनुपर्नेमा समर्थन गर्दथे। यसका अलावा उनी अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युट, ट्रम्प समर्थक थिंक ट्याङ्कद्वारा प्रकाशित एक शोध पत्रका सह(लेखक समेत थिए।


यस महिनाको शुरूमा फक्स न्यूजसँगको अन्तर्वार्तामा केलोगले ट्रम्पको दोस्रो कार्यकालमा सबैभन्दा ठूलो चुनौती युद्ध अन्त्य गर्नु हुने बताएका थिए।

केलोगको प्रस्ताव युक्रेनलाई रसियासँग शान्ति वार्तामा सामेल हुन दबाब दिने र त्यस अवस्थामा किभलाई अमेरिकी सहयोग दिनु हो। यदि रुस शान्ति वार्तामा सामेल नभएको अवस्थामा वाशिंगटनले युक्रेनलाई दिने सहायता बढाउनुपर्ने उनको धारणा छ।

खबरपाटी
खबरपाटी