९.०९ अंकले बढ्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार

९.०९ अंकले बढ्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)९.०९ अंकले बढेर २७११.७५ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा वृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, जानकी फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

९ अंकले बढ्यो सेयर बजार, सात कम्पनीको सेयरमा सकरात्मक सर्किट


सर्वाधिक कारोबार हुने कम्पनी 

यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ८१ लाख ९० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जानकी फाइनान्सको ३२ करोड २० लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन  नेपाल फाइनान्सको २३ करोड २२ लाख ७३ हजार रुपैंया र रुपैयाँ, हिमालय उर्जा विकास कम्पनीको १९ करोड १७ लाख ९३ हजार रुपैयाँ, बेष्ट फाइनान्सको १५ करोड ५१ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।

खबरपाटी
खबरपाटी