तीन महिनामै वैदेशिक अध्ययनका लागि बाहिरियो ३२ अर्ब

तीन महिनामै वैदेशिक अध्ययनका लागि बाहिरियो ३२ अर्ब

काठमाडौं  । तीन महिनामा उच्च शिक्षाका नाममा नेपालबाट ३२ अर्ब बाहिरिएको छ । चालु आर्थिक वर्षको असोज महिनासम्म नेपाली विद्यार्थीमार्फत उच्च शिक्षा अध्ययनका नाममा ३१ अर्ब १८ करोड रूपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक अध्ययनका नाममा १ खर्ब २५ अर्ब १३ करोड रूपैयाँ बाहिरिएको थियो । नेपालबाट विदेश घुम्नका लागि बाहिरिने रकम ७।७ प्रतिशतले बढेको छ । तीन महिनामा नेपालबाट भ्रमण शीर्षकमा ५५ अर्ब ७८ करोड बाहिरिएको छ । 

नेपालबाट बर्सेनी हजारौं विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिने गरेका छन् । शिक्षा मन्त्रालयका अनुसार नेपालबाट ५६ राष्ट्रमा विद्यार्थी जाने गरेका छन् ।

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी विद्यार्थी जापान जाने गरेका छन् । त्यसपछि यूके ९बेलायत०, संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

नेपालबाट अस्ट्रेलिया, जापान, कोरिया, डेनमार्क, इजरायल, ओमान, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया, श्रीलंका, इजिप्ट, रसिया, दुबई, स्पेन, सिंगापुर, टर्की, फ्रान्स, बंगलादेश, फिलिपिन्स, पाकिस्तान, पोल्यान्ड, रोमानियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि विद्यार्थीले अनुमति पत्र लिने गरेका छन् ।
 

खबरपाटी
खबरपाटी