५१ अंकले घट्यो सेयर बजार, १० अर्ब बढीको कारोबार

५१ अंकले घट्यो सेयर बजार, १० अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार दोहोरो अंकले घटेको छ । साताको दोस्रो कारोबारका दिन नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ को बिन्दुमा अडिएको हो ।


यस दिन बजारमा २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयरको खरिद बिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख २० हजार रूपैयाँको कारोबार भएको छ ।


अघिल्लो कारोबारका दिन ४.९८ अंकले बढेको नेप्से २७५३.७६ को बिन्दुमा बन्द भएको थियो । 

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । आज यसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै, कारोबारका आधारमा नाग्दी ग्रुप पावर लिमिटेड ४६ करोड ६८ लाख ९९ हजार रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । 

मंगलबार उपसमूहतर्फका १३ वटै सूचकहरू घटेका छन् ।

खबरपाटी
खबरपाटी