अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई दिए रुसमाथि लामो दूरीको मिसाइल प्रहारको अनुमति

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई दिए रुसमाथि लामो दूरीको मिसाइल प्रहारको अनुमति

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रुसको भित्रिभागसम्म मारहान्न सक्ने मिसाइल प्रहारको अनुमति दिएका छन्। बाइडेनले अमेरिकाले प्रदान गरेको लामो दूरीका मिसाइलहरू रूसमाथि प्रहार गर्न अनुमति प्रदान गरेको बीबीसले जनाएको छ।

अमेरिकी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदारका रुपमा रहेको समाचार एजेन्सी सीबीएसलाई यो निर्णय पुष्टि गरेको जानकारी दिइएको छ। यसले अमेरिकी नीतिमा ठूलो परिवर्तन संकेत गरेको छ। आफ्नो कार्यकाल सकिनै लाग्दा बाइडेनले गरेको यो निर्णय अप्रत्यासित मानिएको छ।

महिनौँदेखि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यी मिसाइलहरू, जसलाई एटीएसीएमएस भनिन्छ। यिनीहरूमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका थिए, जसले गर्दा कीभले आफ्ना सीमाबाहिर आक्रमण गर्न सकुन्। आइतबार उनले यो रिपोर्टमा प्रतिक्रिया जनाउँदै भनेका हुन्। यसको प्रयोगको घोषणा नगरिने र मिसाइलहरूले आफ्नो क्षमता र समय अनुसार भाषा बोल्ने उनले बताए। यसको अर्थ उनले जुनसुकै समयमा रसिया भित्र लामो दूरीको एटीएसीएमएसको प्रयोग गर्न सक्नेछन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि यस्तो कदमको कडा आलोचना गर्दै यस्तो आक्रमण भए र अनुमति दिएमा त्यसको प्रतिक्रिया गम्भीर हुने चेतावनी दिएका थिए। उनले आइतबारका रिपोर्टबारे कुनै टिप्पणी गरेका छैनन्, यद्यपि अन्य वरिष्ठ क्रेमलिन राजनीतिज्ञहरूले यसलाई गम्भीर तनावको रुपमा चित्रण गरेका छन्।

वाशिंगटनको एटीएसीएमएस सम्बन्धी निर्णय युक्रेनी सेनाको रक्षा गर्न मात्र सीमित हुनेगरी गरिएको उल्लेख छ, विशेष गरी रूसको कुर्स्क क्षेत्रभित्र, जहाँ कीभले अगस्टमा एक अप्रत्याशित आक्रमण गरेको थियो।

यसले व्यवहारमा बाइडेन प्रशासनले युक्रेनलाई सन्देश दिएको छ कि वर्तमानमा उसले कब्जा गरेको सानो रूसी भूभागलाई कायम राख्नका लागि गरिने प्रयासमा समर्थन प्रदान गर्नेछ। भविष्यमा कुनै सम्भावित वार्ताका लागि यो भू(भागलाई एक शक्तिशाली सौदाबाजीको अस्त्रको रूपमा प्रयोग गर्न सकिनेछ।

एटीएसीएमएस मिसाइलले ३०० किलोमिटर ९१८६ माइल०सम्मको दूरी सम्म पुग्न सक्छ। नाम उल्लेख नगरेका अमेरिकी अधिकारीहरूले न्यू योर्क टाइम्स र वाशिंगटन पोस्टलाई भनेका छन् कि( ‘बाइडेनले युक्रेनलाई एटीएसीएमएस प्रयोग गर्न दिने निर्णय रूसले उत्तर कोरियाली सैनिकहरूलाई युक्रेनमा लड्न पठाउने निर्णयको प्रतिक्रिया स्वरूप गरेका हुन्।’

बाइडेनको निर्णयले बेलायत र फ्रान्सलाई पनि युक्रेनलाई लामो दूरीका स्टर्म श्याडो मिसाइल रूसभित्र प्रयोग गर्न अनुमति दिनेछ। गत महिना युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी लामो दूरीका मिसाइल प्रयोग गरेर युक्रेनले पहिलो पटक रूसका लक्ष्यहरूमा आक्रमण गरेको पुष्टि गरेका थिए।

रूसले युक्रेनमाथि ड्रोन आक्रमणको संख्या पनि उल्लेखनीय रूपमा बढाएको छ। युक्रेनी जनरल स्टाफका अनुसार अक्टोबर महिनामा मात्रै २,००० भन्दा बढी ड्रोन प्रहार गरिएको थियो, जुन युद्धमा अहिलेसम्मकै उच्च संख्या हो।

शनिबार राति, रुसले केही महिनायताकै ठूलो समन्वित आक्रमण गरेको अनुमान गरिएको छ। यस आक्रमणमा कम्तिमा १० जनाको ज्यान गएको छ। जेलेन्स्कीका अनुसार लगभग १२० मिसाइल र ९० ड्रोन प्रहार गरिएको थियो।

आक्रमण आइतबार बेलुकीसम्म पनि जारी रह्यो। रूसी सीमासँग नजिक रहेको सुमी क्षेत्रमा एउटा आवासीय भवनमा मिसाइल आक्रमण हुँदा दुई बच्चासहित आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

युक्रेनलाई हतियार आपूर्ति गर्नेमा अमेरिका सबैभन्दा ठूलो दाता रहेको छ। जर्मन अनुसन्धान संस्था किल इन्स्टिच्युट फर द वर्ल्ड इकोनोमीका अनुसार, युद्ध सुरु भएदेखि २०२४ को जुन महिनाको अन्त्यसम्म, अमेरिका युक्रेनलाई ५५।५ अर्ब डलर बराबरको हतियार र उपकरण पठाइसकेको छ वा प्रतिबद्धता जनाएको छ।

खबरपाटी
खबरपाटी