काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासङ्घले इलेक्ट्रिक तथा इलेकट्रोनिक्स सामाग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी एवं गोष्ठीको एघारौँ संस्करण ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित “फीन इलेक्ट्रो टेक २०२४” भव्यताका साथ सम्पन्न गरेको छ ।
आम उपभोक्तालाई पनि नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष “फीन इलेक्ट्रो टेक २०२४” को आयोजना भएको महासङ्घको भनाइ छ ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेकट्रोनिक्ससाथ यस वर्ष “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” को नारा लिएर सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नवीनतम उपलब्धिहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको थियो ।
फीन इलेक्ट्रो टेक २०२४का सहभागी तथा शरदा ग्रुपका प्रबन्धक निर्देशक सौरभ शारदाले यस वर्षको मेलाको औचित्य पुरा भएको विषलेशण गरेका छन् । मेला किनबेच गर्ने थलो नभएर जनस्तरसम्म तार सम्बन्धी जनचेतना जगाउने रहेको बताउँदै प्रिमियर वायरले भर्खरै सार्वजनिक गरेको नेपालमै उत्पादित पूर्ण आगो रहित जेड।एच।एफ।आर तारको बारेमा स्पष्ट जानकारी पुगेको विश्वास व्यक्त गरेका छन् ।
आगो लाग्ने मुख्य कारण घरको वायरिङ रहेको बताउँदै निर्देशक शारदाले प्रिमियर वायरको नयाँ उत्पादन जेड।एच।एफ।आर तार पूर्ण रूपमा आगो र धुवाँ रहित रहेको पुष्टि गरेका छन् । साथै प्रिमियर वायरको मुस कन्डक्टर लगायतका उत्पादनहरू विश्व प्रसिद्ध किमा ल्याब्स् र भारतको सी पी आर इ प्रमाणित रहेको बताएका छन्
ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित “फीन इलेक्ट्रो टेक २०२४“ को हलभित्र ४४ वटा ब्लकहरू, २८ स्टलहरू रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर डोममा २६ वटा स्टलहरू रहेका थिए ।
प्रत्येक दुई वर्षमा आयोजना हुने इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा. ली.) रहेको छ भने प्लेटिनम स्पन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा. ली.)रहेको थियो ।