सुदूरपश्चिम प्रदेशले जित्यो नरेश श्रेष्ठ मेमोरियल यू-१९ क्रिकेटको उपाधि

सुदूरपश्चिम प्रदेशले जित्यो नरेश श्रेष्ठ मेमोरियल यू-१९ क्रिकेटको उपाधि

 काठमाडौं । नरेश श्रेष्ठ मेमोरियल यू–१९ ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरेर उपाधि जितेको थियो ।


१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३।१ ओभरमा ११९ रनमा अलआउट भयो । लुम्बिनीका कप्तान आकाश त्रिपाठीले २२,  शिव कुँवरले २०, विजय कोहरले १९, समीर अली मुसलमानले १८, सन्तोष यादवले १२ रन बनाए ।

सुदूरपश्चिमका कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन राउदले दुईरदुई र अशोक धामीले एक विकेट लिए ।


पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका अभिशेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४, दीपक रोकायले ११, अशोक धामीले ८, हेमन्त धामीले ६ रन बनाएका थिए ।

लुम्बिनीका सन्तोष यादबले ५, रमेश कुर्मीले ३ र शिव कुँवरले एक विकेट लिए ।

खबरपाटी
खबरपाटी