त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुवाले छोरालाई विदेश छोड्न लाग्दा कविन्द्रले रचेका एक कविता
३ फागुन २०८०, बिहिवार
सितको थोपा लहरामा ठोकि खसे जस्तै
त्यही लहरामा मलाई बाँधेर राख्न सक्छौ र?
तिम्रो ती झूटो शब्दसँग मेरो यी मनमा गासिएका भावनाहरूलाई साट्न सक्छौ र?
पानीको फोका होइन मेरो यो मनको खोलालाई, ती बाधी राखेको हातले छेक्न सक्छौ र?
एक्लो कमल पानीमा फक्रिए जस्तै
मेरो मन तिमी बिना नै खुल्ला बनाइदिन सक्छौ र?
चित्रकार जस्तै मीठा सपना कोर्ने तिमी,
मेरो मनलाई भाचिएको कलम जस्तै साट्न सक्छौ र?
एउटै गुलाबको हाँगामा अड्किएका आज
मेरो मनको फूल हटाई आफ्नो मनमा लुके को काँडा देख्न सक्छौ र?
एकपटक त्यही हाँगोमा बेरिएको लहरामा मलाई बाँधेर राख्न सक्छौ र?
एकपटक फेरी त्यही अल्झिएका लहरामा मलाई बाँधेर राख्न सक्छौ र?
स्वस्तिका थापा