आयो नी तिहार !

आयो नी तिहार !

झिली र मिली उज्यालो घर आयो नी तिहार 
गोबर र माटो लिपेर आज घर दैलो श्रीङ्गार 

रमाइलो चाड सबैको माझ आइसक्यो वर्षको 
खुशी भै परिवार सँगै मनाउ तिहार हर्षको 

सबैको घरमा नहोला तिहार यो साल रहरको 
दुःख नमाने खुसी भै बसे चाडबाड प्रहरको 

कतिका दाइ भाइ परदेश होलान् नमाने खल्लो है
अर्को साल लगाउ माला र टिका यो साल पर्खे है

सप्तरङ्गी टिका मखमली साथ कुरेर बसे है 
दाजूको माया साटिँन्न चेली निरास नभए है

सयपत्री माला सुगन्धित उस्तै गाउँघर नै रमाइलो
परिवार साथै सेल रोटी पोल्दा माहोल नै घमाइलो

तिहारको चाड रमाइलो उस्तै खुसी भै बसे  है 
जती छ गच्छे त्यती मै रमाए दुस्खी नभए है

ठूलो र सानो भन्दिनन लक्ष्मी बास गर्छिन सब घरमा 
दियो र बत्ती बालेर राखे साँझको प्रहरमा 

झिली र मिली उज्यालो घर आयो नी तिहार 
गोबर र माटो लिपेर आज घर दैलो श्रीङ्गार

-स्वस्तिका थापा

खबरपाटी
खबरपाटी