दशैँमा खेल्न ६ करोडको तास भित्रियो

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं । दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा बसेका प्राय नेपाली गाउँघरमा जाने गर्दछन्। गाउँघरमा सबै बसेर रमाइलो वा मनोरञ्जनका लागि प्रायले तास खेल्ने गर्दछन्। तास खेल्न नेपालमा गैरकानुनी हो तर पनि पैसा फाल्ने नभई साथीभाइ जम्मा हुने भन्दै रमाइलो वातावरण बनाउनका लागि तास खेल्ने चलन छ।

दशैँलाई लक्षित गरेर चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै नेपालमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भइसकेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा २० लाख ७ हजार ८ सय ९२ बुक तास आयात भएका छन्।


गत वर्षको सोही अवधिमा ६ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको तास आयात भएको थियो। यस अवधिमा २२ लाख ९७ हजार ६ सय २६ बुक तास आयात भएको थियो। अघिल्लो वर्ष २०८०/८१ मा भने ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो।


एक वर्षमा एक करोड ११ लाख ७२ हजार तीन सय ३७ बुक तास नेपाल आएको विभागको तथ्यांकले देखाएको छ। यस्तै, २०७९/८० मा भने २१ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको एक करोड ७७ हजार नौ सय ८९ बुक तास आयात भएको थियो।

२०७८र७९ मा नेपालले साढे २१ करोड रुपैयाँ बढीको तास विभिन्न देशबाट आयात गरेको थियो। सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँ बराबरको एक करोड ९ लाख ६० हजार ५४७ बुक तास नेपाल भित्रिएको थियो। यस्तै, २०७७र७८ मा नेपालले विभिन्न देशबाट २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको १ करोड ३९ लाख ६९ हजार १३५ बुक तास आयात गरेको थियो।

खबरपाटी
खबरपाटी