दशैको मुखमा त्रिवेणी फाउन्डेसनद्वारा बाढी पीडितलाई राहत वितरण

दशैको मुखमा त्रिवेणी फाउन्डेसनद्वारा बाढी पीडितलाई राहत वितरण

काठमाडौँ । गत साता परेको भीषण वर्षाले काठमाडौँ लगायत देशका विभिन्न भू भागमा प्राकृतिक विपतका कारण ठुलो जनधनको क्षति भइसकेको छ । राजधानी काठमाडौँमा खोला कोरिडोर क्षेत्रमा बसोबास गर्दै आएकाहरूको नोक्सान नगण्य रहेको छ । नेपालीहरूको महान् चाड विजया दशमीको मुखमा यस्तो विपत् पर्नु अझै दयनीय देखिन्छ । यस्तै अवस्थालाई केही सहज गर्न व्यवसायी घराना त्रिवेणी ग्रुपद्वारा सञ्चालित त्रिवेणी फाउन्डेसनद्वारा बल्खुका बाढी पीडितहरूलाई मङ्गलवार श्री जन विकास माध्यामीक विद्यालयको प्राङ्गणमा राहत वितरण सप्रन्न गरेको छ । 

त्रिवेणी फाउन्डेसन प्रतिनिधिले राहत वितरण बल्खुको सरकारी विद्यालय जन विकासको सहकार्यमा सोही विद्यालय पढ्दै, बाढी पीडित भएका विद्यार्थीहरूको परिवारलाई लक्षित गरेर केही राहत वितरण गरेको हो । 

श्री जन विकास माध्यामीक विद्यालयका प्रधानाध्यापक श्री अनिल कुमार झाको सक्रियता र समयमा उनले गरेको डाटा सङ्कलनले राहत वितरणमा ठुलो सहजीकरण भएको त्रिवेणी ग्रुप फुड डिभिजनका ब्रान्ड म्यानेजर विश्रान्त कोइराला बताउँछन् । 

यस्तै प्रधानाध्यापक झाले कार्यक्रमको उद्घाटन गर्दै त्रिवेणी फाउन्डेशनलाई धन्यवाद दिँदै प्राकृतिक विपत् घटे लगत्तै उनले सबै विद्यालय लगायत सङ्घ संस्थाहरूलाई डाटा कलेक्सनमा यथासिग्र जुट्न आग्रह समेत गरे । राहत वितरण कुनै ढोङ नभई सच्चा डाटाको आधारमा गर्दा पीडित पक्षले साँच्चै केही राहत महसुस गर्ने उनकाे धारणा थियो । 

यस्तै त्रिवेणी फउन्डेशनको राहत कार्यक्रममा आफ्नै कम्पनीमा उत्पादित एक एक बोरा अमृत भोग चामल र केही मात्रामा अमृत तेलहरू वितरण गरिएको थियो । यस्तो प्राकृतिक विपतको समयमा त्रिवेणि फउन्डेशन सधैँ सक्रिय रहँदै आएको बताउँदै, आउँदा दिनहरूमा सामाजिक क्रियाकलापहरू अझै थप सक्रियता देखाउने त्रिवेणी फउन्डेशनका प्रतिनिधि मुस्कान प्रसाईँले बताइन् ।  

खबरपाटी
खबरपाटी