काठमाडौँमा आज छोइ नसक्नु तरकारी र फलफूलको मुल्य !

काठमाडौँमा आज छोइ नसक्नु तरकारी र फलफूलको मुल्य !

काठमाडौंँ । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज तरकारी महँगिएको छ । आज ठूलो गोलभेँडा ११० र लोकल गोलभेँडा प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, अघिल्लो दिन १०५ रुपैयाँमा किनबेच भएको काउली ४० रुपैयाँले बढेर १४५ पुगेको छ ।

बन्दा ७०, लौका ९५ र मकैबोडी ६४ रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । पालुंगो आज ११५ रुपैयाँले बढेर प्रतिकिलो १९० रुपैयाँ र स्कुस २११ प्रतिशतले बढेर ५५ पुगेको छ । पुदिना भने किलोमै १७४ रुपैयाँ महँगो भएर ७५० पुगेको हो । हिजो ५७६ मा बिक्री भइरहेको थियो ।

शुक्रबारदेखिको अविरल वर्षा र यसले राजधानी जोड्ने सडक ठाउँ–ठाउँमा अवरुद्ध भएपछि तरकारी ढुवानी हुन नसक्दा मूल्य बढेको हो ।

खबरपाटी
खबरपाटी