आइतबार सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। 

खबरपाटी
खबरपाटी