इजरायली आक्रमणबाट लेबनानमा ५० बालबालिकासहित ५६९ मारिए

इजरायली आक्रमणबाट लेबनानमा ५० बालबालिकासहित ५६९ मारिए

इजरायली आक्रमणमा परी लेबनानमा मृत्यु हुनेको संख्या ६ सय नजिक पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली हवाई आक्रमणबाट ५० बालबालिकासहित ५ सय ६९ जना मारिएका हुन् । 
आक्रमण तीव्र र घातक भएकाले दक्षिण लेबनानबाट हजारौं मानिस भागेका छन् । अल जजिराले लेखेको छ, ‘उनीहरूलाई थाहा छैन, उनीहरू कहाँ पुग्दा सुरक्षित हुन्छन् ।’

मंगलबार हिजबुल्लाहका वरिष्ठ नेता इब्राहिम मुहम्मद कुबैसी पनि मारिएका छन् । हिजबुल्लाहले यो खबर पुष्टि गरेको अल जजिराले उल्लेख गरेको छ । 

सीएनएनका अनुसार, यतिबेला हिजबुल्लाह र इजरायलबीच हानाहान चलिरहेको छ । हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरिरहेको क्षेत्र छोड्न इजरायलले लेबनानी नागरिकलाई चेतावनी दिएको छ । 

खबरपाटी
खबरपाटी