सुनको मूल्यमा नयाँ कीर्तिमान ,एकैदिन तोलामा ३ हजारले बढ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान ,एकैदिन तोलामा ३ हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एकै दिन तीन हजार रुपैयाँले बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तीन हजारले बढेर अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार तीन सय रुपैयाँ कायम भएको छ। यो नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो।

यसअघि बुधबार सुनको मूल्य एक लाख ५३ हजार चार सय रुपैयाँ हुँदै सबैभन्दा उच्च भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर एक हजार ८६० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी तोलाको एक हजार ७९५ रुपैयाँ कायम भएको थियो।

खबरपाटी
खबरपाटी