फेरि बढ्यो सुन–चाँदीको भाउ ,कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुन–चाँदीको भाउ ,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य केही बढेको छ। आइतबार एकैदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।


यसअघि आइतबार सुन प्रतितोला एक लाख ५२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।


सुनको मूल्य बढेसँगै सोमबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार तुलनामा चाँदी प्रतितोला ५ रूपैयाँले बढ्दै सोमबार प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

खबरपाटी
खबरपाटी