आज एकै पटक तीन संसदीय समितिको बैठक बस्दै

आज एकै पटक तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । 

बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण सम्बन्धमा र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ । 

खबरपाटी
खबरपाटी