नबिल बैंकले ५ अर्ब रुपैयाँबराबरको ८ प्रतिशत अग्राधिकार शेयर जारी गर्दै

नबिल बैंकले ५ अर्ब रुपैयाँबराबरको ८ प्रतिशत अग्राधिकार शेयर जारी गर्दै

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ । उक्त विशेष साधारणसभाले ५ अर्ब रुपैयाँबराबरको ुनबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरु जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरेको छ ।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजी ९एडिसनल टायर १ क्यापिटल०को माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका सर्त र व्यवस्थाबमोजिम तथा नियमनकारी निकायको स्वीकृतिपश्चात् जारी  हुने गरी ५ अर्ब रुपैयाँबराबरको  ुनबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरु जारी गर्ने प्रस्ताव पेस गरेकोमा विशेष साधारणसभाले सर्वसम्मत रूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको हो ।   

सभाले पारित गरेको ुनबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरुको मताधिकार नहुने भएकाले वर्तमान शेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ । साथै, यो नेपाली पुँजीबजारका लागि नवीनतम पुँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यससम्बन्धी व्यवस्था गरेपश्चात् नबिल बैंकले नै पहिलोपटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्वीकृतिपश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सोसमेत गरी ुअग्राधिकार शेयरु जारी हुनेछ । 

विगत चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई अत्मसात् गरेको छ भने डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ । यसले क वर्गका बैंकहरूमध्ये आफूलाई नेपालको अब्बल वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ । 

नबिल बैंकले हाल २६८ वटा शाखाहरू, ३१६ वटा एटिएम र २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशव्यापी रुपमा सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने प्रण गरेको छ ।

खबरपाटी
खबरपाटी