बार एशोसिएसन विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

बार एशोसिएसन विरुद्धको रिट दर्ता गर्न  सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एशोसिएसन समावेशी नभएको भनी पेश भएको रिट निवेदनलाई दर्ता गर्न आदेश दिएको छ ।

पेशागत संगठनभित्रको समावेशीकरणको विषय जोडिएको निवेदन दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता (दरपीठ) गर्न अस्वीकार गरेको थियो ।


अधिवक्ता सविता विमलीले दरपीठको आदेश विरुद्ध सर्वोच्च अदालतमै निवेदन दिएकी थिइन् । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दरपीठको आदेश बदर गरी निवेदन दर्ता गर्न आदेश दिएको हो ।

राज्यको जस्तै चरित्र ग्रहण गरेका संघसंस्थालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको भन्दै सर्वोच्च अदालतले निवेदन दर्ता गर्न आदेश दिएको हो ।

खबरपाटी
खबरपाटी