संसद्‍मा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

संसद्‍मा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं ।प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने गर्छ।

आज संसद्‍मा केही विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने, सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्वको विषयमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची छ।

आजको संसदमा धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णायार्थ पेस गर्ने, त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले धितोपत्रसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।

यसका साथै संसदमा आज आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व९पहिलो संशोधन०विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ पेश हुनेछ।

खबरपाटी
खबरपाटी