भ्रष्टाचारको मुद्दामा रवि लामिछाने भन्छन्:‘नो ईफ, नो बट, हाम्रो कुरा क्लियर कट’

भ्रष्टाचारको मुद्दामा रवि लामिछाने भन्छन्:‘नो ईफ, नो बट, हाम्रो कुरा क्लियर कट’

काठमाडौं ।राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपा का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हद म्याद लागू गर्न नहुँने बताएकाछन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हद म्याद आफू लगायत आफ्नो पार्टीलाई मान्य नहुँने बताएका हुन् ।


उनले भने-‘हिजो साँझदेखि मेरो टेलिफोन कलमालगभग २ हजार भन्दा बढीकलहरु आएका छन् , धेरै जसो युवाहरुले फोन गरेका छन् , उनीहरुको भनाई थियो की भ्रष्टाचारको मुद्दामा यो पाँचवर्षे हद म्याद लगाउन जुन खोजिएको छ , म आफ्नो तर्फबाट र आफ्नो दलको तर्फबाट सिंगो सदनलाई र देशलाई जानकारी गराउँछु की भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हद म्याद मान्य हुँने छैन, नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट । ’

साथै उनले दलित अभियान्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै प्रकाउ गरेको विषय सह्य नहुँने बताए । उनले दलितहरुले आफ्नो हक माग्ने अधिकारलाई राज्यले दमन गर्न नहुँने स्पष्ट पारे ।

खबरपाटी
खबरपाटी